एमाले महाधिवेशन- मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने

एमाले महाधिवेशन- मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने

काठमाडौं। एमालेको मतदान स्थगित भएको छ। भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले बताए ।

प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए। ९ बजेलाई मतदानको समय तोकिएको थियो। तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।


मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका छन्। आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताइएको छ। सुरूमा अल्फाबेटिकल अर्डर र पछि फन्टको समस्या भएको बताइएको छ।