काठमाडौं। नेकपा (एमाले) का ११औं राष्ट्रिय महाधिवेशन जारी रहेको छ । गत मंसिर २७ गतेबाट सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशनका आज पदाधिकारी चयनका लागि निर्वाचन हुँदै छ । पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् ।
पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यसैगरी उपाध्यक्ष ५ जनामा पोखरेल समूहबाट अरुण नेपाल, गोकर्ण विष्ट, टंक प्रसाद कार्की, डा.विन्दा पाण्डे र पर्शुमेघी गुरुङ उम्मेदवार रहेका छन् । पोखरेल प्यानलबाट महासचिवको उम्मेदवार सुरेन्द्र प्रसाद पाण्डे रेहका छन् ।
त्यसैगरी उपमहासचिव ३ जनामा पोखरेल समूहबाट २ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उपमहासचिवमा पोखरेल समूहबाट योगेश भट्टराई र वैजनाथ चौधरीमात्र छन् । त्यस्तै, सचिव ९ जनामा अग्नि खरेल, इन्दलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुर गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल रहेका छन् ।