एनपीएलः एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

एनपीएलः एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

काठमाडौं। त्रिभुवन  अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।

काठमाडौं तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ।  लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको  थियो।