महाधिवेशनमा ईश्वर पोखरेलको फरक अवधारणा–पत्र प्रस्तुत हुने [पूर्णपाठ]

महाधिवेशनमा ईश्वर पोखरेलको फरक अवधारणा–पत्र प्रस्तुत हुने [पूर्णपाठ]

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्षका दाबेदार ईश्वर पोखरेलले पार्टीको ११ औँ महाधिवेशनका लागि छुट्टै राजनीतिक तथा संगठनात्मक अवधारणा-पत्र तयार पारेका छन्।

आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्ने उद्देश्यसहित पोखरेलले तयार पारेको प्रस्तावमा पार्टीको आगामी दिशा-निर्देशन, संगठनको पुनर्संरचना, सामूहिक नेतृत्व प्रणाली, वैचारिक स्पष्टता र आन्तरिक लोकतन्त्र मजबुत गर्ने विषयहरू समेटिएको छ।

पार्टीभित्र नयाँ नेतृत्वका प्रमुख विकल्पका रूपमा अघि बढिरहेका पोखरेलको अवधारणा-पत्र महाधिवेशनको केन्द्रीय बहसको प्रमुख आधार बन्ने अनुमान गरिएको छ।

महाधिवेशनअघि नै नेतृत्व परिवर्तनका प्रश्नमा छलफल बढिरहेका बेला पोखरेलले सार्वजनिक गरेको यो प्रस्तावले पार्टीभित्र महत्वपूर्ण राजनीतिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई समयअनुकूल परिष्कृत गर्दै लैजाने भन्दै उनले एमालेको नेतृत्वमा सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

विगतको नेकपा एकता हतारमा गरिएको स्वीकार गर्दै अब विचार र विधिका आधारमा एकता खोजिने पोखरेलको दस्ताबेजमा उल्लेख छ ।