सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ। आज चाँदीको मोल भने बढेर तोलामा तीन हजार ५४५ निर्धारण भएको छ।

सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ५३५ मा कारोबार भएको थियो।

छुटाउनुभयो कि ?