काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्ग्सको पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ४८ रनले हराएको हो।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भयोे। विराटनगरका मर्चेन्ट डे ल्याङ्गले ३९ तथा प्रतिश जिसीले ३० रन बनाए। चितवनका रंजित कुमारले ५ विकेट लिए। यस्तै कमलसिंह ऐरीले दुई विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो। चितवनका रवि बोपाराले ६५ रनको अर्धसतकीय पारी खेले।
विराटनगरको यो पहिलो हार हो भने चितवनको दोस्रो जित हो।