नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं : सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०९५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।

मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । आइतबार बिहान अन्दाजी ६ बजेतिर उक्त दुर्घटना भएको र ठक्कर दिने गाडी भागेको प्रहरीको भनाइ छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।