काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले लगातार दाेस्राे जित हासिल गरेकाे छ। शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० अोभरमा ८ विकेट गुमाएर एक सय ७५ रन बनायो।
पोखराका कप्तान कुशल भुर्तेलले अर्धसतक बनाए। उनले ३२ बलमा ५३ रन बनाए। यस्तै जिमी निशामले ४७ तथा डेन दुथवेटले ३७ रन बनाए। सुदुरपश्चिमका हरमित सिंहले दुई विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो।
सुदूरपश्चिमका जोश ब्राउनले ६८ रनको अर्धसतकीय पारी खेले। यस्तै बिनोद भण्डारीले ४३ रन बनाउँदा क्रिश लिनले ३१ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए। पोखराका जिमी निशामले तीन विकेट लिए। यस्तै आकाश चन्द र डेन दुथवेटले दुई दुई विकेट लिए।