एनपीएल: लुम्बिनी लायन्सको विजयी सुरुवात

एनपीएल: लुम्बिनी लायन्सको विजयी सुरुवात

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोज पराजित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकटले पराजित गरेको हो।

चितजनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। लुम्बिनीका गुल्बादिन नैबले सर्वाधिक ४४ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले ३९ तथा सन्दीप जोराले २८ रन बनाए। चितवनका रिजन ढकालले २ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो।

चितवनका लागि रवि बोपाराले ६६ रन बनाए भने कुशल मल्लले २१ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए। यस्तै अविशेष गौतम र गुल्बादिन नैबले समान दुई दुई विकेट लिए।