काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीले दायर गरेको निवेदनको सुनुवाइ स्थगित भएको छ । उनीहरुले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका थिए ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा रवि र छवि दुवै जना थुनामा छन् ।
आज रविको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले रविका कानून व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन दिएपछि सो रिटको सुनुवाइ स्थगित भएको हो । रवि र छवि दुवै जनाको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राखेर हेर्ने आदेश भएको थियो ।