काठमाडौं। मंसिर महिनाका लागि ११ वटा वाणिज्य बैंकल ेनिक्षेपको ब्याजदर घटाएका छन् । कूल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले व्यक्तित निक्षपमा दिने व्याजदर घटाएका हुन् । त्यस्तै ९ वटा बैंकले निक्षेपमा दिने व्याजदर कात्तिक महिनाकै कायम गरेका छन् ।
कात्तिक महिनामा औषत व्याजदर ५.२ प्रतिशत रहेकोमा मंसिर महिनामा घटेर ५.०४ प्रतिशत रहेको छ । ग्लोबल आइएमई बैंकको व्याजदर सबैभन्दा धेरै अर्थात ६ प्रतिशत रहेको छ । त्यसैगरी, कृषि विकास बैंकको ४.७ प्रतिशत, एभरेष्ट बैंकको ५ प्रतिशत, नेपाल बैंकको ५.२५ प्रतिशत लक्ष्मी सनसाइज बैंक र माछापुच्छ्रे बैंकको ५ प्रतिशत, प्रभु बैंकको ४.९५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.७० प्रतिशत ब्याजदर रहेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्यको ५.५ प्रतिशत, नबिल बैंकको ४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकको ५ प्रतिशत, प्राइम कमर्सियलको ४.७५ प्रतिशत, कुमारी बैंकको ४.९१ प्रतिशत, सानिमा बैंक र एनएमबी बैंकको ५ प्रतिशत, हिमालय बैंकको ५.५ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.८ प्रतिशत र सिटिजन्स बैंकको ४.७५ प्रतिशत व्याजदर कायम गरिएको छ । मंसिर महिनाको लागि सबैभन्दा धेरै ब्याज दिने बैंक ग्लोबल आईएमई बनेको छ ।