काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र शान्तिपूर्ण प्रदर्शनका लागि कसैको अनुमति आवश्यक नरहेको दाबी गरेका छन्।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा आइतबार सम्बोधन गर्दै ओलीले आन्दोलन र शान्तिपूर्ण प्रदर्शनका लागि कसैको अनुमति आवश्यक नरहेको बताएका हुन्।
ओलीले सरकार र प्रशासनमाथि कटाक्ष गर्दै केहीले संविधान र कानुनको बेवास्ता गर्दै निर्णय लिइरहेको आरोप पनि लगाए। उनले भने, “सडकमा उत्रिन कसैको स्वीकृति चाहिँदैन। जसले देश जलाए, अहिले उनै देश चलाइरहेका छन्। हामी विरोध गर्छौँ तर आगो लगाउन सडकमा जान्नौँ शान्तिपूर्ण प्रदर्शन हाम्रो हक हो।”
ओलीले अन्तरिम सरकार र प्रशासनलाई आन्दोलन अनुमति लिएर मात्र हुने नियम नरहेको भन्दै उनले भने, ‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्नेछैन । हामीले यसरी गर्दैर्छौ स्वीकृति दिनुहोस् भन्नुहोस्,’ ओलीले भने, ‘स्वीकृत दिनु हुन्न भने स्वीकृति चाहन्न सडकमा उत्रनुस्।