प्रेमदेखि विवाहसम्मः महिलाले पुरुषसँग के अपेक्षा गर्छिन्?

प्रेमदेखि विवाहसम्मः महिलाले पुरुषसँग के अपेक्षा गर्छिन्?

एजेन्सी । यदि तपाईं आफ्नो सम्बन्धलाई मजबुत र स्थायी बनाउन चाहनुहुन्छ भने, एउटै कुरा महत्त्वपूर्ण छ । एकले अर्काको भावना बुझ्न सक्नुपर्छ। चाहे विवाह भएको सम्बन्ध होस् वा प्रेम सम्बन्ध, दुवै पक्षले एकअर्काको भावनाको कदर गर्न सके धेरैजसो समस्या समाधान हुन सक्छन्।

विवाहित जीवनमा पतिले पत्नीका कुरा सुन्नु, उनको चाहना बुझ्नु र आवश्यक सहयोग गर्नु आवश्यक हुन्छ। त्यस्तै, पत्नीले पनि पतिको चाहना र स्वभाव बुझ्न सके सम्बन्ध अझ गहिरो बन्छ। प्रेम सम्बन्धमा त झन् समझदारी नै सम्बन्धको आधार हो।

अनुसन्धानहरूले देखाएका छन् कि महिलाहरू पुरुषबाट केही विशेष कुराको अपेक्षा गर्छन्। यी कुराहरू बुझ्न सकियो भने सम्बन्ध अझ सहज र प्रेमपूर्ण बन्न सक्छ।

महिलाहरूका सामान्य अपेक्षाहरू यसरी देखिएका छन्ः

-जब महिला पार्टनर केही कुरा गरिरहेकी हुन्छिन्, पुरुषले ध्यानपूर्वक सुनेर उनको कुरालाई प्राथमिकता दिनुपर्छ। यसो गर्दा उनीहरूले आफ्नो भावना कदर भएको महसुस गर्छन्।

-महिलाहरू कहिलेकाहीँ मुड अफमा देखिन सक्छन्, जुन प्रायः शारीरिक वा मानसिक कारणले हुन सक्छ। यसलाई नजरअन्दाज गर्नु उपयुक्त हुँदैन।

-कठिन परिस्थितिमा महिलाले भावनात्मक समर्थन चाहन्छन्। यस्तो समयमा पुरुषले सहानुभूति र माया देखाउन सक्नुपर्छ।

-महिलाहरू चाहन्छन् कि पुरुषहरूले आफ्ना भावनाहरू पनि खुलेर व्यक्त गर्न सकून्।

-सभ्य, आदरयुक्त र परिवार–साथीसँग शिष्ट व्यवहार गर्ने पुरुष महिलाका दृष्टिमा आकर्षक लाग्छन्।

-भान्सामा सानो सहयोग पनि महिलाका लागि ठूलो खुसीको कारण बन्न सक्छ।

-महिलाप्रति अधिकार जमाउने होइन, सुरक्षात्मक र सम्मानजनक व्यवहार गर्नु सबैभन्दा ठूलो गुण हो।

-माया लुकाउने होइन, देखाउने पुरुष महिलालाई मनपर्छन् — चाहे त्यो स–साना व्यवहारमा किन नहोस्।

-विशेष अवसरहरू जस्तै जन्मदिन, विवाह वार्षिकोत्सव वा भ्यालेन्टाइन डेमा स–साना सप्राइज र उपहार दिनु महिलाको मन जित्ने सरल तर प्रभावकारी उपाय हो।

-महिलाहरू चाहन्छन् कि पुरुषले अरु महिलाको चर्चा आफ्ना पार्टनर सामु नगरोस्।

-संक्षेपमा भन्नुपर्दा, सम्बन्ध चलाउने रहस्य ठूला कुरा होइनन्, स–साना व्यवहारमा लुकेका हुन्छन् । माया, आदर र समझदारी नै प्रत्येक सम्बन्धको मूल आधार हो।