जेनजीको माग पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल

जेनजीको माग  पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल

काठमाडौं। डा. निकोलस भुसालले आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुने भन्दै सरकारसामु जेनजीको माग पुरा गर्न चेतावनी दिएका छन्।

शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पूरा भएको भन्दै जेनजीका माग पुरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन्।

‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैंछौ। त्यो रहरले हैन, कहरले हो। अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईहरुले हिम्मत गर्नुस्। हामीले जेनजीको रगतले तपाईलाई बनाएका हाैं,’ उनले भने, ‘आज माइतिघरमा जेनजीको माग पुरा गर भन्दै गर्दा उनीहरुलाई प्रक्राउ गरेर लाने अधिकार कसले दियो ? प्रधानमन्त्री सुशिला कार्की ज्यु तपाईलाई त्यहाँ राखेको जेनजीको माग पुरा गर्न हो।’

उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए।  भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए।

‘देश गरिब हैन, म सम्पूर्ण किसानहरुलाई भन्छु तपाईहरुको उत्पादन यो सरकारले किन्दिन्छ ? छैन नि म किन्दिन्छु बाचा भो तपाईले जे फलाउनुहुन्छ सबै हामी किन्दिन्छौँ। मल चाइयो हामी दिन्छौँ,’ उनले भने।