Refresh

This website nepaldaily.com/news/26489 is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल

विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं। आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। यो लिगको ८६ औँ खेल हो।

आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग भिड्न लागेको हो। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेट सुरु हुनेछ।

नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्न लागेको हो।

केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका भने २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

लिग-२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म हुँदैछन्।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) युएईसँग खेल्ने तालिका छ। यस्तै, शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते (शनिबार) अमेरिकासँग खेल्ने छ भने शृङ्खलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) युएईसँग प्रतिस्पर्धा गर्नेछ।