संविधान दिवस लोकतान्त्रिक प्रक्रियालाई लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउन संकल्प गर्ने दिन होः योगेश भट्टराई

संविधान दिवस लोकतान्त्रिक प्रक्रियालाई लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउन संकल्प गर्ने दिन होः योगेश भट्टराई

काठमाडौं। नेकपा (एमाले) का सचिव एवं पूर्व मन्त्री योगेश भट्टराईले पार्टीले संविधान दिवसलाई विधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउने बताएका छन् ।

आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता भट्टराईले संविधान दिवसलाई लोकतान्त्रिक प्रक्रियालाई फेरि लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउन संकल्प गर्ने दिनको रुपमा उल्लेख गरे ।

‘अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौं। पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउनेछौं। साथै लोकतान्त्रिक प्रक्रियालाई फेरि लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो। असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं,’– उनले भने ।

नेता भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको पनि बताए । उनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको पनि दाबी गरे ।

साथै, जेन–जी आन्दोलनको क्रममा देशभरको क्षतिको विवरण आफूहरुले लिइरहेको नेता भट्टराईले बताए । एमाले पार्टी कार्यालयमा पनि क्षति भएको, संरचना, कागजात र गाडीहरू पनि जलेको उनले बताए । यस्तो बेलामा पार्टीहरूबीच सहानुभूति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।