जेन-जी प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जनाको शल्यक्रिया गर्नुपर्ने

जेन-जी प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जनाको शल्यक्रिया गर्नुपर्ने

काठमाडौं। काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। 

बानेश्वरमा भएको आन्दोनमापरी १७ जना प्रर्दशनकारीको मृत्यु भएको र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए।

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् भने २२ जना गम्भीर छन्। 

उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ। दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन्। ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ।’

सिभिल सर्भिस अस्पतालमा एक सय जना घाईते तीन जनाको मृत्यु ,१५ जनालाई वीर अस्पताल र ट्रमा सेन्टरमा पठाइएको छ। 

राष्ट्रिय ट्रमा सेन्टरमा ४९ घाइतेको उपचार भइरहेको छ भने आठ जनाको मृत्यु भएको छ। एभरेष्ट अस्पतालमा ३४ जना घाईते छन्। तीन जनाको मृत्यु भएको। 

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३२ जना घाइते छन् भने दुई जनाको मृत्यु भएको छ। ६ जनाको शल्यक्रिया गर्नुपर्ने छ। 
टिचिङ शिक्षण अस्पताल मा १८ घाइत छन् भने एक जनाको मृत्यु भएको छ। नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा तीन जना घाईते भएका छन्। 

त्यस्तै ,गण्डकी मेडिकल कलेजमा एक जना घाईते र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना घाईते ,दमक अस्पतालमा सात जना घाइतेको उपचार भइरहेको जानकारी प्राप्त भएको छ।