काठमाडौंको माइतीघर-बानेश्वर सडकमा जेन-जी पुस्ताको प्रदर्शन

काठमाडौंको माइतीघर-बानेश्वर सडकमा जेन-जी पुस्ताको प्रदर्शन

काठमाडौं सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरु सडक प्रदर्शनमा उत्रिएका छन्।

सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरुले सरकार बोल्न दे, देश लुट्न पाइँदैन, भ्रष्टाचार अन्त्य लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका छन् । त्यस्तै युवाहरुले देशका वीरगंज, पोखरा लगाएत अन्य शहरहरुमा पनि प्रदर्शन गरेका छन्।

सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका युवाहरूले आफूलाई जेन जी पुस्ताका रुपमा चिनाउने गरेका छन्।