एमालेले विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने उपाध्यक्ष पाण्डेको दाबी, विधान महाधिवेशनमा फरक मत राख्ने चेतावनी

एमालेले विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने उपाध्यक्ष पाण्डेको दाबी, विधान महाधिवेशनमा फरक मत राख्ने चेतावनी

हकाठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता पार्टीले रोक्न नमिल्ने बताएका छन् ।

आज (सोमबार) सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोही पनि व्यक्तिलाई पार्टीमा काम गर्नका लागि संविधानले निषेध नगरेको बताएका हुन् । विद्या भण्डारीको सदस्यता रोकिएको विषयमा विधान महाधिवेशनमा फरक मत राखिने उनले बताए ।

‘विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत लेख्ने कुरा गरेका छौं । राख्छौं । कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध गरेको छैन,’– उनले भने ।

उपाध्यक्ष पाण्डेले कोही व्यक्ति पार्टीको सदस्य हुँदैमा अध्यक्ष नहुने र सदस्य हुनबाट कसैलाई पनि रोक्न नमिल्ने बताए । एमालेले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरिसकेको छ । पार्टीको निर्णयविरुद्ध अहिले एमालेका नेता तथा कार्यकर्ता दुई ध्रुवमा विभाजित छन् । भण्डारी पक्षधर नेताहरुले विधान महाधिवेशनका फरक मत राख्ने तयारी गरेका छन् ।