काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश दिएको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा सुनुवाई भएको हो ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । साथै, नाउपाबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएका थिए । तर, प्रधानमन्त्री ओलीले एक महिना बितिसक्दापनि विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट परेको हो ।
यस रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय पौडेल र निरौलाले नाउपाबाट सरकारलाई दिईएको समर्थन फिर्ताको पत्र, मन्त्रीले बुझाएको राजीनामालगायतका आवश्यक कागजात झिकाउने आदेश दिएका हुन् ।