जोर्डनका राजालाई राष्ट्रपति पौडेलको पत्रः विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिनुस्

जोर्डनका राजालाई राष्ट्रपति पौडेलको पत्रः विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिनुस्

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । जोर्डनका राजालाई पत्र पठाउँदै राष्ट्रपति पौडेलले जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन आग्रह गरेका हुन् ।

उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने उल्लेख गरेका छन् । विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति भवन शीतल निवासमा भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

२०८० असोज २३ (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा भएको आक्रमणको क्रममा विपिनलाई हमास समूहले बन्धक बनाएर लगेको बताइन्छ । यो क्रममा १० जना नेपालीको ज्यान गएको थियो । त्यसपछि विपिनको अवस्था भने सार्वजनिक हुन सकिराखेको छैन ।