काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको लिम्पियाधुरा, लिपुलेक लगायत भूभागबारे नेपाललाई ठूलो महत्व नदिने नीति नेपालका नेता र कूटनीतिज्ञलाई पहिलेदेखि नै थाहा रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले भनेका छन्, “लिम्पियाधुरा–लिपुलेकबारे भारत र चीन दुवैले नेपाललाई महत्व नदिने नीति नेपालका नेताहरू र कूटनीतिज्ञलाई अज्ञात थिएन।”
उनले हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै देशतिर यात्रा गर्ने अवसर प्राप्त भएकोले त्यसलाई उपयोग गरी ढुक्कसँग कुरा राख्नुपर्ने बताएका छन्।
बास्कोटाले भनेका छन्, “अहिले प्रधानमन्त्रीको दुईतिरको यात्रा स्वर्ण अवसर हो। ढुक्कसँग कुरा गर्ने र समाधान निकाल्ने क्षमता अरुमा छैन। मिचाहालाई एक इन्च मिच्न दिए, एक माइल मिच्छ भन्ने चिनियाँ उखान सम्झनुपर्छ।”