अमेरिकी डलर लगायत धेरै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं:सोमबार अमेरिकी डलर लगायत धेरै विदेशी मुद्राको भाउ बढेको छ भने कतारी रियाल र बहराइन दिनारको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डरल एककोे खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो डलर एकको खदिदर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा रहेको थियो । 

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा पुगेको छ । आइतबार यसको १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ । 

यस्तै, ओमानी रियाल १ को खरिददर ३०२ रुपैयाँ पुगेको छ । हिजो यसको खरिददर ३०१ रुपैयाँ ७४ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजोे यसको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको थियो । 

कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७ पैसा थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३०७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो यसको खरिददर ३०५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३०७ रुपैयाँ ४६ पैसा रहेको थियो ।