देउसी भैलोबाट उठेको रकमले विद्यालयमा शैक्षिक सामाग्री वितरण

देउसी भैलोबाट उठेको रकमले विद्यालयमा शैक्षिक सामाग्री वितरण

नुवाकोट: जिपि कोइराला अध्ययन केन्द्र नुवाकोटले देउसी भैलो कार्यक्रमबाट सङ्कलित रकमले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । तादी गाउँपालिका १ उर्लेनीमा रहेको गङ्गादेवी प्रावि, सुन्दरादेबि मावि र मगंलेश्वरि प्राविमा एक एक थान कम्प्युटर , र सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई कापी कलम लगायत का शैक्षिक सामाग्री वितरण गरेको हो ।

साथै ३ वटै विद्यालयका विद्यार्थीहरुकालागी भलिबल र भलिबलको नेट समेत हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच जिपि कोइराला अध्ययन केन्द्रका महासचिव निरञ्जन थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेबिसघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट , नेबिसघं जिल्ला कोषाध्यक्ष स्वेच्छा उप्रेती,नेबिसघका नेताहरू पवन थापा,सन्तोष गुरुङ,राजु केसी , पूर्व वडा अध्यक्ष बद्री थापा लगायत सामाग्री प्राप्त गर्ने विद्यालयका विद्यार्थी , शिक्षक एवं अभिभावकहरूको उपस्थिति रहेको थियो ।