काठमाडौ। शुक्रबारदेखि सुरु भएको भारतमा उच्च शिक्षा अध्ययन सम्बन्धी ‘स्टडी इन इन्डिया एक्सपो’मा विद्यार्थी तथा अभिभावकले उत्साहजनक सहभागिता जनाएका छन् । होटल एभरेष्ट नयाँ बानेश्वरमा शनिबारसम्म चल्ने एक्सपोमा पहिलो दिन २ हजार बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।
विहान ११ बजेदेखि सुरुभएको कार्यक्रममा भारतका चर्चित ३० बढी विश्वविद्यालयको सहभागीता रहेको छ । विद्यार्थीले विश्वविद्यालयको अबस्था, बसाई र करिअरका बारेमा विश्वविद्यालयका प्रतिनिधिसँगै परामर्श लिएका छन् ।
विश्वविद्यालयकै प्रतिनिधिसँग परामर्श लिन पाउँदा विद्यार्थीसमेत उत्साहित भएका थिए । सतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था भएकाले विद्यार्थीले यो एक्सपोलाई अवसरको रुपमा लिएका छन् । राम्रो विद्यार्थीलाई भेट्न पाउँदा विश्वविद्यालयका प्रतिनिधिसमेत उत्साहित भएका छन् ।
यो एक्सपोमा सहभागी विद्यार्थीले विज्ञान, व्यवस्थापन र मानविकीमा स्नातक, स्नातकोत्तर, व्यावसायिक तथा व्यावसायिक पाठ्यक्रमहरू रुचाएको आयोजक संस्था अफेयर्स नेपालका संस्थापक एवं प्रबन्ध निर्देशक कुमार थपलियाले बताए ।