पन्ध्रौ योजनाको विस्तृतिकरणको काम अन्तिम चरणमा ।

पन्ध्रौ योजनाको विस्तृतिकरणको काम अन्तिम चरणमा ।

काठमाडौं:  राष्ट्रिय योजना आयोगले पन्ध्रौ योजना आर्थिक वर्ष (२०७६/०७७-२०८०/८१) को विस्तृतीकरणको काम अन्तिम चरणमा पुगेको बताएको हो । वर्तमान सरकार गठन भएपछि पन्ध्रौ योजनाको आधार-पत्र तयार गरिएको थियो । योजना आयोग स्रोतका अनुसार योजनाको स्वीकृतिको लागि आयोगको पूर्ण बैठकको तयारी भईरहेको बुझिएको छ । करिब दुई तिहाईको हाराहारीको बलियो सरकारले ल्याउने योजना महत्वकाक्षी हुने बुझिएको छ ।

राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष, प्रा.डा. पुष्पराज कंडेल उपाध्यक्ष,  मुख्य सचिव लोकदर्शन रेग्मी सदस्य (पदेन), डा. कृष्ण प्रसाद ओली सदस्य, डा. उषा झा सदस्य, डा. दिलबहादुर गुरुङ सदस्य,  डा. सुशील भट्ट सदस्य, श्री मीन बहादुर शाही सदस्य, डा. रामकुमार फुयाल सदस्य, अर्थ सचिव श्री शिसिर कुमार ढुगांना सदस्य (पदेन) र राष्ट्रिय योजना आयोगका सचिव श्री लक्ष्मण अर्याल सदस्य-सचिव रहेका छन् ।