काठमाडौं। न्याय परिषदले उच्च अदालतको न्यायाधीशहरु नियुक्तिका लागि नाम सिफारिश गरेको छ। न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका लागि २७ जनाको नाम सिफारिश गरेको हो।
यसरी सिफारिश गरिएकाहरुको पदास्थपनसमेत तोकिएको छ। एक नम्बरमा यमबहादुर बुढामगरको नाम सिफारिश गरिएको छ। २ नम्बमा भने गोपाल प्रसाद बास्तोलको नाम सिफारिश भएको छ। उनी हाल धादिङ जिल्ला अदालतमा कार्यरत थिए । उनको पदास्थपन उच्च अदालत पाटन भनिएको छ।