आइतबार फेरी घट्यो सुनको भाउ

काठमाडौं : लगातार उकालो लागेको सुनचाँदीको भाउ आईतबार पनि घटेको छ । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेर तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजावी सुन शनिबार ७८ हजार ९ सय रुपैयाँमा कारोबार भएको भाउ आज प्रतितोला ७७ हजार ७ सय रुपैयामा कारोबार भईरहेको छ । चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्रा्ष्टिय बजारमा सुनको मूल्यमा तलमाथी हुँदा नेपाली बजारमा पनि त्यसको असर परेको छ ।