टी १० लिगमा पारस र सन्दीपको टिम भिड्दै

टी १० लिगमा पारस र सन्दीपको टिम भिड्दै

काठमाण्डौ : यूएईमा जारी टी १० लिगमा पारस र सन्दीपको खेल आज हुने भएको छ । टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ ।

पारस आवद्ध टिम आबुधाबी र सन्दीप आवद्ध कर्नाटका टसकर्समा हुनेछ । जारी प्रतियोगितामा सन्दीप लगातार टिममा परिरहेका छन् भने पारसले भने दुई खेलमा मात्रै मौका पाए । पारसले २ खेलमा नट आउट चार रन बनाएका छन् भने लेग स्पिनर सन्दीपले अहिलेसम्म ६ विकेट लिएका छन् । टी १० को पहिलो खेलमा एक विकेट लिएका सन्दीपले दोस्रो खेलमा २ विकेट लिएका थिए ।

तेस्रो खेलमा भने टी १० कै सर्वाधिक महँगो बलर बने । यो खेलमा विकेटविहिन बनेका सन्दीपले ३५ रन खर्चिएका थिए । चौथो खेलमा १ विकेट हात पारेका सन्दीपले पाँचौं खेलमा भने २ विकेट लिए ।