सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

काठमाडौँ । सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो कारोबार दिन आइतबार १६.६८ अंकले घटेको नेप्से परिसूचक आज ७ .७५ अंकले घटेर २६९८.२८ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ०.१६प्रतिशतले घटेर ४५५.८१ विन्दुमा पुगेको छ।

नेप्से घटे पनि कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ। आइतबार ८ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएकमा आज ८ अर्ब ७७ करोड बढीको कारोबार भएको हो। यसदिन ३१९ स्क्रिप्सक २ करोड १२ लाख ३ हजार ७६६कित्ता सेयर ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँमा खरिदबिक्री भए।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८,युनिभर्सल पावरको ९.८० र नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नगदी ग्रुप अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ अर्ब ७७ करोड ५७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

युनिभर्सल पावरले ५२ करोडको कारोबार गर्दा  हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको ४३ करोड,हिमालयन पावरको ३५ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ११२ स्टक्सको मूल्य बढ्दा १३३ वटाको घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो। ६ समूहको उपसूचक बढ्दा ७ समूहको उपसूचक सूचक भने नकारात्मक देखिएका छन्।  ट्रेडिङ समूहको उपसूचक सर्वाधिक १.५२ प्रतिशतले घट्यो।