नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर २७०६ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

आइतबार ३२८ कम्पनीका ७४ हजार ०४५ पटकको कारोबारमा २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

५३ कम्पनीको सेयर मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।