सात अंकले बढ्यो नेप्से, सात अर्ब २६ करोडको कारोबार

सात अंकले बढ्यो नेप्से, सात अर्ब २६ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७.०१ अंकले बढेको छ । आज नेप्से बढेर २,६९६.२३ विन्दुमा बन्द भएको छ ।

नेप्से बढे पनि कारोबार रकममा कमी आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज सात अर्ब २६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार साढे आठ अर्बको सेयर गरिदबिक्री भएको थियो ।

आज १४७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ९७ कम्पनीको सेयर मूल्य स्थिर छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था र सूर्याेदय वमी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य स्थिर छ । कर्पाेरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.५५ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ वटाको परिसूचक घटेको छ । बाँकी सात समूहको बढेको छ ।