काठमाडौँ । विद्यालय शिक्षा ऐनकाे माग गर्दै आन्दोलनरत शिक्षकहरुले माइतीघर- बबरमहल सडकको तीन लेन नै कब्जा गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ ।
प्रहरीसँग समन्वय गरेर बीचको एक लेनबाट प्रदर्शन गर्दै आएका थिए । तर आज शिक्षकहरुले सुरुदेखि नै तीन लेनको सडक कब्जा गर्न खोज्दा प्रहरीहरुसँग घम्साघम्सी परेको हो ।
अहिले शिक्षकहरुले तीन लेन नै कब्जा गरेर प्रदर्शन गरिरहेका छन् भने सवारी साधनलाई करिडाेरकाे बाटाे डाइभर्ट गरिएको छ । यसअघि शिक्षकहरुले बीचकाे लाइनमा प्रदर्शन गरेर दुबै साडइमा सवारी साधन गुड्न दिइएकाे थियाे ।