काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २४ अङ्कले बढेर २६९५ दशमलव ५५ को विन्दुमा पुगेको छ ।
आइतबार ३२३ कम्पनीको ७६ हजार ३५४ पटकको कारोबारमा एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँ रहेको छ ।
२२२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनी घटेका छन् । १३ उपसमूहमध्ये म्युचुअल फन्डमा झिनो गिरावट आएको छ भने बाँकी हरियाली छन् । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।