काठमाडौँ । राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको स्रोतले जनाएको छ । शुक्रबार वर्तमान व्यवस्थाको विरोधमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।