राजसंस्थाको पक्षमा भोलि हुने जनप्रदर्शनलाई राप्रपाको पनि साथ, सक्रिय सहभागी हुन आह्वान

राजसंस्थाको पक्षमा भोलि हुने जनप्रदर्शनलाई राप्रपाको पनि साथ, सक्रिय सहभागी हुन आह्वान

काठमाडौं। राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयता खारेजीको मागसहित भोलि काठमाडौंमा हुन लागेको जनप्रदर्शनलाई राप्रपाले पनि खुलेर समर्थन गर्ने जनाएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी पंति र आमजनतालाई अपिल गरेका छन्।

आज एक विज्ञप्ति निकाल्दै श्रेष्ठले पार्टीका तर्फबाट यस्तो अपिल गरेका हुन्। विज्ञप्तिमा भनिएको छ ‘भोलि चैत १५ गते काठमाडौंको तिनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंति र आम जनसमूदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।’

यसैबीच राप्रपाको नक्कली लेटरप्याड बनाएर प्रवक्ताका नाममा भोलिको आन्दोलन स्थगित हुने भनि भ्रमपूर्ण प्रचार गरिएको श्रेष्ठले बताएका छन् ।

उनले यस कार्यको भत्र्सना गर्दै भ्रममा नपर्न अनुरोध गरेका छन् । समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन पार्टी प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।