काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रुपमा बनेका संरचना हटाउने क्रममा महानगरका कर्मचारीमाथि आक्रमण भएको छ ।
काम अवरोध गर्न आएका समूहले ढुङ्गा प्रहार गर्दा महानगरका एक चालक कर्मचारी घाइते भएका छन् । घाइते कर्मचारीको दाहिने हात र दाहिने खुट्टाको घुँडानजिक गहिरो चोट लागेको महानगरले जनाएको छ । उनले अहिले उपचार भइरहेको छ ।
घाइतेको नाम भने खुलाइएको छैन ।