काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाएको छ ।
महानगरपालिका र गुठी संस्थानको समन्वयमा टहरा भत्काइएको गुठी संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए । “त्यहाँ गुठी संस्थानको जग्गा अतिक्रमण भएर संरचना निर्माण गरिएको थियो, त्यसमा डोजर चलाइएको हो । अहिले संरचना भत्काउने काम भइरहेको छ,” सुवेदीले भने ।
उनका अनुसार, लामो समयदेखि गुठी संस्थानको जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको थियो ।