अमेरिकामा गोली चल्यो : ३ जनाको मृत्यु, १५ जना घाइते

अमेरिकामा गोली चल्यो : ३ जनाको मृत्यु, १५ जना घाइते

वासिङटन डिसी । अमेरिकाको न्यु मेक्सिकोस्थित लास क्रुसेसमा शनिबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। 

गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरी तुरुन्तै घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरेको थियो। अधिकारीहरूले यस मुद्दासँग सम्बन्धित कुनै पनि प्रकारको फोटो(भिडियो प्रहरीलाई साझा गर्न मानिसहरूलाई अपील गरेका छन्।  

लास क्रुसेस प्रहरीको फेसबुक पोस्टमा स्थानीय समय अनुसार राति १० बजेतिर गोली चलेको हो। उक्त घटनामा दुईजना १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ ।  

प्रहरीका अनुसार घाइतेहरु १६ देखि ३६ वर्ष उमेरका छन् । लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताएका छन्।

घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले बताए।

छुटाउनुभयो कि ?