स्ववियु निर्वाचन : हालसम्म कुन संगठनले कति क्याम्पसमा जिते?

स्ववियु निर्वाचन : हालसम्म कुन संगठनले कति क्याम्पसमा जिते?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) धेरै क्याम्पसमा विजयी भएको छ ।

नेविसङ्घले ९९ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने अनेरास्ववियुले हालसम्म ८६ कलेजमा स्ववियु अध्यक्ष जितेको छ । तेस्रो नम्बरमा रहेको अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको बताइएको छ ।

बाँकी केही क्याम्पसमा मतगणना जारी छ भने केही क्याम्पसहरुमा निर्वाचन रोकिएको छ।