सेयर बजारमा निरन्तर गिरावट

सेयर बजारमा निरन्तर गिरावट

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ६६ अङ्कले घटेर २६९७ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३१३ कम्पनीको ५० हजार ८३४ पटकको कारोबारमा ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । अन्य कम्पनीहरू बढ्दा बाँकी राताम्मे छन् भने आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।