नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाको बन्दीप्रत्यक्षीकरण खारेज

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाको बन्दीप्रत्यक्षीकरण खारेज

काठमाडौं। सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको बेचन झाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ। 

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले आज (सोमबार) सो रिट राखेज गरिदिएको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा उनको पनि संलग्नता रहेको आरोपमा प्रहरीले झालाई गत असार १३ गते पक्राउ गरेको थियो । 

उनीविरुद्ध विभिन्न ४ वटा कसुरमा मुद्दा दायर भइसकेको छ। झाले गत माघ २ गते थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।