दोहोरो अङ्कले घट्यो सेयर बजार

दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले घटेर २७०४ दशमलव ७० को विन्दुमा पुगेको छ ।

सोमबार ३३१ कम्पनीका ५७ हजार ५८५ पटकको कारोबारमा ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ ।

८५ कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ भने १३ कम्पनीका मूल्य स्थिर रहेको छ । सोमबार १३ उपसमूहमध्ये चार वटा बढ्दा म्युचुअल फन्ड स्थिर रहेको छ भने अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।