दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ ।

आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले आज घाटा बेहोरेका छन् । यस उपसूचकको मूल्य २.२५ प्रतिशतले घटेको छ । व्यापार उपसूचक भने ४.९२ प्रतिशतले बढेको छ । आइतबार सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यस संस्थाको मूल्य ८.१९ प्रतिशतले बढेर २ हजार ३ सय ९० रुपैयाँ पुगेको छ ।