काठमाडौँ । काठमाडौंमा ढलभित्र छिरेका एक युवकको उद्धार गरिएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले टेकुस्थित कनक पेट्रोल पम्पनजिकै ढलभित्र छिरेका युवकको उद्धार गरेको हो ।
आइतबार बिहान सिन्धुपाल्चोकका रामशरण ढुंगाना बाटोमा हिँड्दा हिँड्दै अचानक ढलभित्र पसेका थिए । उनलाई केही समयमै उद्धार गरेर उपचारका निम्ति राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।