काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको हो । पूर्वराजा शाहको स्वागतमा समर्थकहरु विमानस्थल प्रवेश गर्न सक्ने भन्दै विमानस्थल वरपर ठाउँ ठाउँमा चेकिङ भइरहेको छ ।
गोल्डेन गेटबाट विमानस्थलमा आफन्त लिन जाने, पुर्याउन चाहनेहरुको लागि टिकटको चेक जाँच गरेर मात्रै पठाइरहेको छ भने पठाओ इन्डाइभहरुलाई प्रवेश गर्न दिइएको छैन ।
त्यस्तै विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाटै सडक एक तर्फी बनाइएको छ । जानको लागि गोल्डेन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ । विमानस्थलबाट प्रहरीले भीड गरेर समेत दिइएको छैन ।
विमानस्थल आसपासमा ठूलो संख्यामा प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह आज १ बजे हवाइमार्गबाट काठमाडौं आउँदैछन् । उनको स्वागतमा राप्रपा र राप्रपा नेपाल लगायत राजावादीहरु विमानस्थल जाने तयारी गरिएको छ । सोही कारण सुरक्षा व्यवस्था कडा गरिएको हो ।