बालेनको घरबाट प्रचण्डको अपिल– हामी सबै मिलेर देश बनाउनुपर्छ

बालेनको घरबाट प्रचण्डको अपिल– हामी सबै मिलेर देश बनाउनुपर्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन् । एकडारा गाउँपालिका–२ मा रहेको बालेनको पुर्ख्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको थियो ।

माओवादीको जागरण कार्यक्रममा बोल्दै उनले बालेको घरमा पुग्दा रमाइलो महशुस भएको बताएका छन्। जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज महोत्तरी पुगेका प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने बताए।

उनले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौं। यो पनि एउटा रमाइलो महसुस भाछ बालेनजीले पनि सुनिरहनु भएको होला। तपाईंहरुले यो परिचय पनि दिनुभयो। त्यसैले हामी सबै मिलेर यो देश बनाउनुछ।’

उनले जनताको बलिदानबाट आएको पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकलाई उट्याउने प्रयास भइरहेको बताए।