सोमबार सुनको भाउ १५ सय रुपैयाले बढेर प्रतितोला ८० हजार ३ सय रुपैयाँ

काठमाण्डौ : पछिल्लो केही दिनयता सुनको भाउ बढेको बढ्यै छ । आईतबार प्रतितोला ७८ हजार ८ सय रुपैयामा कारोबार भएको सुनको भाउ सोमबार तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयामा कारोबार भएको सुन आज ८० हजार रुपैयामा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाले बढेर ९२५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो ।