सोमबार रिंगिट, वन र बहराइन दिनारको भाउ बढ्यो

काठमाण्डौ : सोमबार मलेसियन रिंगिट, कोरियन वन र बहराइन दिनारको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो पनि डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा नै रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा नै रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा नै तोकेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर २९९रुपैयाँ ३७ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा नै रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३० पैसा र र बिक्रीदर २७ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २८ पैसा र र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा नै रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको थियो ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०२ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा रहेको थियो । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९९ पैसा रहेको थियो ।