काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १३.६२ अंकले बढेको छ । सोमबार नेप्से ०.४७ प्रतिशतले बढेर २,८७६.६६ को विन्दुमा पुगेको हो ।
आज १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँमा तीन करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर किनबेच भएको छ । सोमबार ५१ कम्पनीको सेयरमूल्य बढ्दा १८७ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबारमा रहेका १३ मध्ये पाँच समूहको मात्रै समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै गार्डियन माइक्रोलाइफ इन्स्यारेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । धेरै गुमाउनेमा समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।